Comments Add Comment

चीनसँगको सम्बन्ध इतिहासकै राम्रो दिशामा : पुटिन

६ जेठ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो दिशामा अघि बढिरहेको बताएका छन् । बुधबार चीनको चार न्युक्लियर रिएक्टरको सुरुवात गर्दै पुटिनले यस्तो बताएका हुन् ।

पुटिन भिडियो लिंकमार्फत चीनको न्युक्लियर रिएक्टर समारोहमा जोडिएका थिए । रुसले चीनमा यी चार न्युक्लियर प्लान्ट बनाएको हो । उक्त न्युक्लियर प्लान्टमा रुसी प्रविधिको प्रयोग गरिएको छ ।

जानकारहरुका अनुसार यी चारै न्युक्लियर रिएक्टर चीन र रुसबीचको ऊर्जा परियोजनाका सबैभन्दा ठूलो साझेदारी हो । यसलाई यी दुई मुलुकबीचको ऊर्जा सुरक्षा तथा राष्ट्रिय सुरक्षाको महत्वपूर्ण चरण मानिएको छ । पछिल्लो केही समय यता रुस र चीनबीचको सम्बन्ध निकट बन्दै गएको छ । यी दुवै मुलुक संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । त्यसैले यी दुई मुलुकको निकट सम्बन्धले ठूलो अर्थ राख्ने गरेको छ ।

रुसी राष्ट्रपति पुटिनले न्युक्लियर पावर प्लान्ट शक्तिशाली र आधुनिक भएको बताए । उनको सुरक्षाको सबै मापदण्डमा यो रिएक्टर सही रहेको बताए । उनले चीनसँग मिलेर अझै धेरै पावर प्लान्ट बनाउने उद्घोष पनि गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment