Comments Add Comment

फेरि बलिउड निर्माताको रोजाइमा ओटीटी प्लेटफर्म

भारतमा कोरोनाको पहिलो लहरपछि विस्तारै तंग्रिन थालेको बलिउड चलचित्र उद्योग दोश्रो लहरका कारण नराम्रोसँग प्रभावित भएको छ । यसले, भारतमा चलचित्र कहिलेबाट हलमा चल्छन् भन्ने टुंगो छैन । दोश्रो लहरले दैनिक ४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने लाखौ मानिस प्रभावित भएका छन् । यसले, बलिउड चलचित्रलाई निकै ठुलो घाटा लागेको छ ।

कोरोनाको पहिलो लहरका कारण भारतमा लगाइएको लकडाउनका कारण हलहरु बन्द भएका थिए । सो समयमा भारतमा ओटीटी प्लेटफर्म विकल्पको रुपमा हेरियो । दर्जनौ बलिउड चलचित्र ओटीटीमा रिलिज हुन थाले । तर, हल खुलेसँगै धेरै चलचित्रका निर्माताले हलमै चलचित्र रिलिज गर्ने बताएका थिए ।

केही दिन अगाडि नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ पनि ओटीटीमै रिलिज भयो । अब, रिलिजका लागि तयार भएका करिब आधा दर्जन चलचित्रलाई पनि ओटीटीमा रिलिज गर्ने तयारी बलिउडका निर्माताहरुले गरेका छन् ।

हल खुल्ने टुंगो नभएपछि निर्माताहरु लगानी सुरक्षित गर्दै ओटीटीकै बाटोमा लागेका छन् । नायक सैफअली खान, अर्जुन कपुर, ज्याकलिन फर्नान्डेज, यमी गौतम अभिनित चलचित्र ‘भूत पुलिस’ ओटीटीबाट रिलिज हुने भएको छ । पवन कृपालानीको निर्देशनमा तयार भएको यो चलचित्रलाई ओटीटी प्लेटर्फममा रिलिज गर्ने तयारी निर्माताले गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यस्तै, प्रियादर्शनको निर्देशन तथा पारेस रावल, शिल्पा सेट्टी, मिजान जाफ्री, जोनी लेभर लगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘हंगामा २’ पनि ओटीटीबाट रिलिज हुने भएको छ । यो बोहक ‘सिद्धत, मिमी, शादिस्तान’ लगायतका चलचित्र पनि ओटीटीबाटै रिलिज गर्ने तयारीमा निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment