Comments Add Comment

काठमाडौं उपत्यकामा संक्रमण घटेको हो ?

७ जेठ, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गर्‍यो ।

सरकारले निषेधाज्ञा लागू गरेको अघिल्लो दिन वैशाख १५ गते काठमाडौं उपत्यकाका तीन जिल्लामा २०४७ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार निषेधाज्ञाको दोस्रो हप्ताको मध्यसम्म लगातार संक्रमण वृद्धि भएको देखिन्छ ।

तथ्यांक अनुसार पहिलो हप्ताको अन्तिम दिन वैशाख २२ गते काठमाडौं उपत्यकामा ३८२५ संक्रमित थपिएको देखिन्छ । दोस्रो हप्ताको पहिलो दिन वैशाख २३ गते यो संख्या ३९७२ पुग्यो । निषेधाज्ञा जारी गरेको ११ औं दिन वैशाख २६ गते संक्रमण उच्च (४१९८ जना) विन्दुमा पुग्यो ।

तेस्रो हप्ताको अन्तिम दिन वैशाख ५ गते संक्रमित संख्या २ हजारभन्दा माथि नै रहयो । मन्त्रालयको यो तथ्यांकले निषेधाज्ञा यता काठमाडौं उपत्यकामा कोरोना संक्रमित संख्या ४२ सयभन्दा तल र २ हजार भन्दा माथि नै रहेको देखाउँछ ।

चौथो हप्ताको पहिलो दिन अर्थात बिहीबार काठमाडौं उपत्यकामा ३२३२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ छन् ।

बिहीबारसम्म काठमाडौं उपत्यकामा ३६,०६७ जना सक्रिय संक्रमित छन् भने अहिलेसम्म १९३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

‘निषेधाज्ञाको पहिलो साता संक्रमण बढेको देखाउँछ । तर पछिल्लो दुई सातालाई हेर्ने हो भने संक्रमण एउटा विन्दुमा पुगेर स्थिर रहेको देखाउँछ,’ डा. पुनले भने, ‘संक्रमणको ट्रेन्ड हेर्दा अब यो भन्दा माथि ह्वात्तै बढ्ला जस्तो देखिँदैन ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले काठमाडौं उपत्यकामा संक्रमित संख्या अहिले स्थिर अवस्थामा रहेको तर्क गर्छन् । ‘निषेधाज्ञाको पहिलो साता संक्रमण बढेको देखाउँछ । तर पछिल्लो दुई सातालाई हेर्ने हो भने संक्रमण एउटा विन्दुमा पुगेर स्थिर रहेको देखाउँछ,’ डा. पुनले भने, ‘संक्रमणको ट्रेन्ड हेर्दा अब यो भन्दा माथि ह्वात्तै बढ्ला जस्तो देखिँदैन ।’

डा. पुनले अहिले जति पनि गम्भीर अवस्थाका संक्रमितहरु अस्पतालमा उपचाररत छन् उनीहरुलाई कसरी बचाउन सकिन्छ भन्ने चिन्ता लिनुपर्ने अवस्था रहेको बताए ।काठमाडौं उपत्यकामा संक्रमण हुने दर अझै केही दिन यही अवस्थामा रहने देखिए पनि त्यसपछि क्रमिक रुपमा ओरालो लाग्ने विश्वास उनी गर्छन् । तर त्यसका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना भने गर्नुपर्छ ।‘काठमाडौं उपत्यकामा जति पनि संक्रमित देखिएका छन्, उनीहरु सबै आ–आफ्नै परिवारका सदस्यहरु छन्,’ उनले भने, ‘निषेधाज्ञाका कारण बाहिरी परिवारका व्यक्तिहरुसँग घुलमिल गर्न पाएका छैनन्, जसका कारण संक्रमण हुने जति लगभग भइसकेको अनुमान लगाउन सकिन्छ । त्यस कारण पनि संक्रमण यही गतिमा ह्वात्तै बढ्ने सम्भावना कम छ ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले निषेधाज्ञा आफैंमा संक्रमण नियन्त्रण गर्ने उपाय नभएको बताउँछन् । सरकारले समुदायमा कोरोना नियन्त्रण गर्न कुनै पनि उपाय अवलम्वन नगरेका कारण निषेधाज्ञा लगाएको तीन हप्ता बित्दा समेत संक्रमण नघटेको उनी तर्क गर्छन् ।

अन्य मुलुकमा लकडाउन गरेको दुई हप्तापछि संक्रमण घटेको रेकर्ड रहेपनि नेपालमा त्यस्तो हुन नसक्नु यसको रोकथाममा प्रभावकारी काम नभएको उनको बुझाइ छ ।

अन्य मुलुकमा लकडाउन जारी गरेको दुई हप्ताभित्रैमा संक्रमण ओरालो लागेको ट्रेन्ड रहेपनि नेपालमा अहिले त्यो अवस्था नरहेको उनले बताए ।

‘कोरोनाको पहिलो लहरमा पनि सरकारले लकडाउन लगायो । तर लकडाउन अवधिभर संक्रमण घटेन । लकडाउन खुकुलो पार्ने समयमा बल्ल संक्रमण पिकमा पुगेको देखिन्थ्यो,’ उनले भने, ‘पहिलो लहरबाट पाठ सिकेर अहिले सचेत हुनुपर्ने हो । तर सरकारले त्यसलाई पूरै बेवास्ता गरेको देखिन्छ । जसका कारण निषेधाज्ञाको तीन हप्ता पूरा हुँदा समेत संक्रमण दर उस्तै देखिएको हो ।’

‘कोरोनाको पहिलो लहरमा पनि सरकारले लकडाउन लगायो । तर लकडाउन अवधिभर संक्रमण घटेन । लकडाउन खुकुलो पार्ने समयमा बल्ल संक्रमण पिकमा पुगेको देखिन्थ्यो,’ डा. सुवेदीले भने, ‘पहिलो लहरबाट पाठ सिकेर अहिले सचेत हुनुपर्ने हो । तर सरकारले त्यसलाई पूरै बेवास्ता गरेको देखिन्छ ।’

संक्रमितको क्लोज कन्ट्याकमा रहेको व्यक्तिहरुको ट्रेसिङ गरी परीक्षण नगर्ने हो भने त्यसले संक्रमण भित्रभित्रै फैलाउने र संक्रमण झन् तीव्र बढ्ने उनले बताए ।

‘निषेधाज्ञालाई महामारी नियन्त्रण गर्न थप तयारी वा मौकाको रुपमा लिनुपर्छ । तर सरकारले त्यो गरेको पटक देखिँदैन,’ डा. सुवेदीले भने, ‘निषेधाज्ञाको समयमा कन्ट्याक ट्रेसिङ गरेर संक्रमितको पहिचान गर्नुपर्ने हो । उनीहरुलाई समुदायबाट अलग गरेर क्वारेन्टिनमा राख्नु पर्ने हो । संक्रमित हो होइन भनेर तीब्र रुपमा परीक्षण अगाडि बढाउनु पर्ने हो । तर त्यो गरिएको छैन । केवल निषेधाज्ञा लगाएर मात्रै संक्रमण रोकिने होइन । त्यसका लागि त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने जनस्वास्थ्यका आधारभूत मापदण्ड अवलम्बन गरी काम गर्नुपर्ने हो ।’

डा. सुवेदीले कन्ट्क्याट ट्रेसिङको आधारमा सम्भावित व्यक्तिको पहिचान गरी पीसीआर परीक्षण बढाउनु पर्ने सुझाव दिन्छन् ।उनले अघि भने, ‘अन्य मुलुकमा पहिला समुदायमा संक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्छ । संक्रमितको पहिचान गर्ने, आइसोलेट गर्ने, संक्रमिको क्लोज कन्ट्यामा रहेका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने आदि उपाय अवलम्बन गरेर संक्रमितलाई समुदायबाट अलग गरेर संक्रमण नियन्त्रण गर्छ । त्यति गरेर पनि संक्रमण नियन्त्रणमा नआए लकडाउन लगाउँछ ।’

‘निषेधाज्ञाको दुई सातासम्म संक्रमण बढ्दो देखियो । तेस्रो सातामा संक्रमण केही मत्थर भएको हो कि जस्तो देखियो,’ उनले भने, ‘यही अवस्थामा अहिले नै संक्रमण घट्न थालेको भन्दा हतार हुन्छ ।’डा. किरण पाण्डेले जनस्वास्थ्यका मापदण्ड अनुसार कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम नभएकाले निषेधाज्ञाको तीन साता बित्दा पनि संक्रमण नघटेका तर्क गर्छन् ।

निषेधाज्ञा नै संक्रमण नियन्त्रण गर्ने पाटो नभएको भन्दै उनले पीसीआर परीक्षण बढाएर संक्रमितको पहिचान गरी उनीहरुलाई समुदायबाट अलग गरी आइसोलेट गर्नु आवश्यक रहेको उनी बताउँछन् । यो तीन सातालाई आधार मान्ने हो भने निषेधाज्ञालाई निरन्तर दिनुपर्ने उनको भनाइ छ ।कतिपय जिल्लामा सर्वसाधरणले कोरोना परीक्षण नै गर्न नपाएको भन्दै उनले यस्तो अवस्थाले कसरी कोरोना नियन्त्रणमा आउँछ भनेर प्रतिप्रश्न गर्छन् । जनस्वास्थ्यको मापदण्ड अवलम्बन गरेर संक्रमण नियन्त्रणमा सरकार लागेको भए दुई हप्तादेखि तीन हप्ताभित्रमा संक्रमण घट्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment