+
+
Shares

रौतहटमा थप दुई संक्रमितको मृत्यु, थपिए ५४ संक्रमित 

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १७:४७

७ जेठ, रौतहट । रौतहटमा शुक्रबार कोभिड- १९ का ५४ संक्रमित थपिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालको पीसीआर ल्याबमा शुक्रबार ३७४ को नमुना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाका रहेका छन ।

चन्द्रपुरमा १४२ र गौरमा १०८ जना संक्रमित थपिएसँगै रौतहटमा कोरोना संक्रमितको कुल सँख्या ७ सय ५१ पुगेको छ ।

शुक्रबार रौतहटको चन्द्रनिगाहपुरका दुई जना संक्रमितको मृत्यु भएको हो । चन्द्रपुर-४ का ५५ वर्षीय पुरुषको चितवनको भरतपुरमा र ८२ वर्षीया वृद्धको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोनाको दोश्रो लहरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?