Comments Add Comment

कोरोना संक्रमणबाट बाँकेमा थप ९ जनाको मृत्यु

८ जेठ, काठमाडौं । बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१० की ४४ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख २७ कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यस्तै वैशाख २७ गते नै कोरोना संक्रमण पुष्टि भएका दाङको तुल्सीपुर उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७:४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–६ की ५२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा जेठ ३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

वैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ५४ वर्षीय पुरुषको पनि नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान ३ बजे मृत्यु भएको कलेजले जनाएको छ । यसैगरी कैलालीको जोशीपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको पनि गएराति १ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

वैशाख २८ गते कोरोना पोजेटिभ देखिएका नेपालगञ्ज उपमहानगरपालिका–६ का ५० वर्षीय पुरुषको गएराति १:१५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै बर्दियाको मधुवन नगरपालिका–७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ३:३५ बजे भेरी अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी दाङको लमही नगरपालिका–२ की ६८ वर्षीया महिलाको शनिबार बिहान ७ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका बाँकेको खजुरा गाउँपालिका–२ का ५३ वर्षीय पुरुषको शनिबार बिहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

योसँगै बाँकेमा मृत्यु हुनेको संख्या २७३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment