Comments Add Comment

एट्लेटिको मड्रिडले उपाधि जित्दाका ५ महत्वपूर्ण खेल

९ जेठ काठमाडौं । एट्लेटिको मड्रिडले ८ वर्षमा दोस्रो पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । गएराती भएको खेलमा रियल भाल्लाडिड विरुद्ध २- १ को पुनरागमन जितपछि साविक विजेता रियल मड्रिडलाई २ अंकले पछि पार्दै एट्लेटिको च्याम्पियन बनेको हो ।

एट्लेटिकोले रियल र बार्सिलोनाको दबदबालाई फेरि एकपटक तोड्न सफल भएको छ ।

एट्लेटिकोले २०२०/२१ को सिजन उपाधि जित्दाका पाँच खेललाई एएफपीले यसरी राखेको छ ।

एट्लेटिको १-० बार्सिलोना, नोभेम्बर २१

एट्लेटिकोले एक दशकमा बार्सिलोनालाई ला लिगालाई पहिलो पटक हराउँद यानिक कारास्कोले निर्णायक गोल गरे । यसले एट्लेटिकोलाई बार्सिलोना विरुद्ध हेड टु हेडमा समेत अगाडि राख्यो । त्यसबेला बार्सिलोना अंकतालिकामा दशौँ स्थानमा थियो ।

एल्चे ०-१ एट्लेटिको मड्रिड, मे १

इन्जुरी टाइममा एल्चेले पेनाल्टी गुमाएपछि एट्लेटिकोले उक्त खेल १-० ले जित्यो । ९१औं मिनेटमा एल्चेका फिडेल चाभासको पेनाल्टी पोष्टमा लागेको थियो । यस जितले एट्लेटिको छिमेकी रियल मड्रिडभन्दा २ अंकले अगाडि रहन सफल भयो ।

बार्सिलोना ०-० एट्लेटिको, मे ८

बार्सिलोनालाई घरेलु मैदानमा यस खेल जित्दै उपाधि होडमा अगाडि बढ्ने मौका थियो । तर एट्लेटिकोले पहिलो हाफमा दबाब बनायो र दोस्रो हाफमा पनि बार्सिलोनाले गोल गर्न सकेन ।

यस बराबरी र रियल सेभियासंग बराबरीमा रोकिएपछि एट्लेटिकोलाई फाइदा पुग्यो । यस खेलपछि एट्लेटिकोले २ अंकको अग्रता बनायो जुन उपाधि होडमा सहयोगी बन्यो ।

एट्लेटिको २-१ ओसासुना, मे १६

घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा खेलमा ९ मिनेट बाँकी रहँदासम्म ओसासुना १-० ले अघि थियो र रियल मड्रिड एथ्लेटिक विल्वाओला२ हराउँदै शीर्ष स्थान नजक पुगेको थियो ।

तर एट्लेटिकोले उत्कृष्ट पुनरागमन गर्‍यो । रेनान लोदीले ८२औं मिनेटमा बराबरी गोल गरे भने खेल सकिन २ मिनेट अघि लुइस सुआरेजले निर्णायक गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए । यस जितले एट्लेटिको शीर्ष स्थानमै यथावत रह्यो र उपाधिका लागि एक जितबाट टाढा रह्यो ।

रियल भाल्लाडोलिड १-२ एट्लेटिको, मे २२

रियल मड्रिडले भियारियलविरुद्ध जस्तो नतिजा निकालेपनि एट्लेटिकोले यस खेल जितेमा उपाधि जित्ने पक्का थियो । तर एट्लेटिकोका लागि यो जित सजिलो रहेन निकै संघर्ष गर्नुपर्‍यो । घरेलु मैदानमा ओस्कार प्लानोको गोलबाट भाल्लाडोलिडले पहिलो अग्रता बनायो ।

तर दोस्रो हाफमा एन्जन कवरेअले एट्लेटिकोका लागी बराबरी गोल फर्काए । अनी एक पटक फेरि सआरेज नायक बने र उनले निर्णायक गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाएर आफ्नो पहिलो सिजनमै उपाधि समेत जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment