Comments Add Comment

स्वेताको प्रण–‘समाजप्रतिको जिम्मेवारी भुल्ने छैन’

नायिका स्वेता खड्काले आफूले समाजप्रतिको जिम्मेवारी नभुल्ने प्रण गरेकी छिन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन्–‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हास्नुपर्छ, मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नुपर्छ । त्यो चलचित्रको एउटा पाटो हो । तर, सामाजिक जिम्मेवारी अर्कै छ । जहाँ अभिनय भन्दा पनि वास्तविक जीवनको भोगाइमा मिसिइन्छ । अर्काको दुःख आफ्नै जस्तै लागेर रोइन्छ अनी अर्काको सुखमा हाँसी खुशी रमाइन्छ । जहाँ मन जोडिन्छ, त्यहाँ भावना मिल्छ ।’

उनले आफ्नो सामाजिक क्षेत्रलाई अभिनयले नभएर मनले जोडेर राख्न चाहेको पनि उल्लेख गरेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्–‘मेरो क्षमता, गक्ष, सिपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मन बाट नै सामाजिक सेवाको क्षेत्रमा होम्मिने छु । मेरो जिन्दगी रहेसम्म म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन । यो मेरो प्रण हो ।’

स्वेताले कोरोनाको दोश्रो लहरपछि हाम्रो टिम नेपाललाई १ लाख ३० हजार रुपैयाँ सहयोग गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment