Comments Add Comment

टेकु अस्पतालमा फेरि बढ्यो संक्रमितको चाप

९ जेठ, काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमितको चाप फेरि बढेको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अस्पतालमा आइतबार एक्कासी संक्रमितको चाप बढेको बताए ।

‘अस्पतालमा आइतबार एक्कासी संक्रमितको चाप बढेको छ,’ उनले भने, ‘१९ जना बिरामीलाई अस्पतालको बरण्डामा कुर्ची, बेञ्च तथा भुइँमा राखेर उपचार गरिरहेका छौं ।’

अस्पतालमा १२९ जना संक्रमितको उपचार भइरहेको छ । हाल आईसीयू, भेन्टिलेटर लगायतका सबै बेड भरिभराउ भएका कारण उनीहरुलाई बाहिर राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको बताए ।

शुक्रबार–शनिबारसम्म अस्पतालमा बिरामीको चाप कम थियो । तर आइतबार एक्कासी संक्रमितको चाप बढेको डा. राजभण्डारीले बताए ।

अस्पतालको पिँढीमा राखेरै भएपनि संक्रमितको उपचार गराएको सूचनाको आधारमा उनीहरु टेकु अस्पताल आएको हुन सक्ने उनको अनुमान छ ।

अन्य अस्पतालमा बेड अभाव वा अक्सिजन अभावका कारण उपचार नपाएका बिरामी पनि टेकु आउँदा चाप बढेको हुन सक्ने डा. राजभण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment