+

अन्तिम खेलमा शानदार जितसहित युभेन्ट्स च्याम्पियन्स लिगमा छनोट

२०७८ जेठ  १० गते ८:१७ २०७८ जेठ १० गते ८:१७
अन्तिम खेलमा शानदार जितसहित युभेन्ट्स च्याम्पियन्स लिगमा छनोट

१० जेठ, काठमाडौं । इटालियन सिरी ए को सिजनको अन्तिम खेलमा बोलोग्नालाई ४१ ले पराजित गर्दै युभेन्ट्स अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट भएको छ । अन्तिम खेलअघि पाँचौं स्थानमा रहेको युभेन्ट्सले जितसहित चौथो स्थानमा लिग सकायो । अर्को खेलमा नापोली भेरोनासँग ११ गोलको बराबरीमा रोकिएपछि युभेन्ट्सलाई फाइदा पुगेको हो ।

युभेन्ट्सको जितमा अल्भारो मोराटाले दुई तथा फेडरिक चिएसा र एड्रिओन राबिओटले एक एक गोल गरे ।  स्टार खेलाडी क्रिस्टयानो रोनाल्डोलाई बेन्च राखेपनि युभेन्ट्सले सहज जित हात पारेको हो । 

जितपछि युभेन्ट्सले ३८ खेलबाट ७८ अंक जोड्दै चौथो स्थानमा रह्‍यो । नापोली ७७ अंकसहित पाँचौ स्थानमा रहँदै युरोपा लिगको लागि छनोट भयो ।

यस्तै, अर्को खेलमा एटलान्टालाई २० ले पराजित गर्दै एसी मिलान उपविजेता बन्दै च्याम्पियन्स लिगमा छनोट भएको छ । एसी मिलानले ७९ अंक जोड्यो । यसअघि नै च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको एटलान्टाले ७८ अंक जोडेपछि युभेन्ट्सलाई हेड टु हेडका आधारमा पछि पारेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय