Comments Add Comment

नागार्जुनको रानीवनमा अक्सिजनसहितको ३०० बेडको आइसोलेसन केन्द्र सञ्चालन

१० जेठ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा ३०० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको अगुवाइमा आइतबारदेखि आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।

अक्सिजन ब्याकअपसहितको आइसोलेसन केन्द्र शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सरकारी भवनमा सञ्चालन गरिएको नेता पौडेलले बताए । नागार्जुन नगरपालिकाले समन्वय गरेको आइसोलेसन केन्द्रमा सर्वाङ्ग अस्पतालको चिकित्सकीय टोलीले सेवा दिने उनले बताए ।

आइतबारबाट सञ्चालनमा आएको आइसोलेसन केन्द्रमा बिरामीका लागि खाना निःशुल्क उपलब्ध गराइएको छ ।

बेड अभावमा संक्रमितको उपचार गराउन असहज भएको भए अक्सिजन सपोर्ट चाहिने बिरामीलाई रानीवनको आइसोलेसन केन्द्रमा पठाउन अस्पतालहरुसँग अनुरोध गरिएको नेता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment