
फाइल तस्वीर
११ जेठ, गोरखा । माटोको ढिस्कोले पुरिएर सोमबार गोरखामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर १ भिरसिङमा घरको कम्पाण्डवाल निर्माण गर्ने क्रममा खसेको डिस्कोमा पुरिएर उनीहरुको ज्यान गएको हो ।
दिउँसो ३ बजेतिर घटेको उक्त घटनामा परी ४८ वर्षका काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङ घाइते भएका छन् ।
घटना भएपछि उनीहरुलाई तत्काल उद्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । स्वास्थ्य केन्द्र पुर्याएर लगत्तै चिकित्सकले उनीहरुको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4