Comments Add Comment

जब कोरोना खोप लगाउने डरले गाउँलेहरू नदीमा हाम फाले…

एकातिर कोरोना भाइरस महामारीका कारण आक्रान्त बनिरहेको विश्व समुदाय खोप प्राप्त गर्नका लागि व्यग्र बनिरहेको छ । अर्कोतिर खोपले गर्ने साइड इफेक्टको हल्लाका कारण कतिपय मानिसहरु खोप लगाउन डराइरहेको अवस्था पनि छ । मानिसहरु कोरोना भाइरससँग भन्दा कोरोना भाइरस विरुद्धको खोपसँग कतिधेरै डराउँदा रहेछन् भन्ने अनौठो उदाहरण भारतको उत्तरप्रदेशमा देखिएको छ ।

भारतको उत्तरप्रदेशस्थित बाराबंकी जिल्लामा कोरोनाको खोप लगाउनुपर्छ भन्ने डरले गाउँ नजिकैको सरयू नदीमा हाम फालेका छन् ।

बाराबंकीको उक्त घटना अहिले भारतभर चर्चाको विषय बनेको छ । जिल्लाको सिसौडा गाउँमा कोरोना विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रमका लागि स्वास्थ्य विभागको एक टोली पुगेको थियो ।

खोप लगाइदिने सरकारी डाक्टर लगायतको टोली देखेर गाउँलेहरु निकै डराए र नजिकैको सरयू नदीमा हाम फाल्न थाले । गाउँलेहरुको त्यस्तो व्यवहार देखेर स्वास्थ्य विभागका अधिकारीहरु अक्क न बक्क भए र गाउँलेहरुलाई नदीबाट बाहिर निस्किनका लागि अनुरोध गर्न थाले ।

स्वास्थ्यकर्मीहरुको लाख विन्तीपछि पनि गाउँलेहरु नदीबाट बाहिर ननिस्किएपछि कर्मचारीहरुले माथिल्लो निकायमा खबर गरे । त्यसपछि उक्त गाउँमा उपजिल्लाधिकारी लगायतका उच्च सरकारी अधिकारीहरु आए र गाउँलेहरुलाई सम्झाइ बुझाई गरे । अनिमात्रै गाउँलेहरु नदीबाट निस्किएर र केही गाउँलेहरु खोप लगाउन राजी भए । तथापि सबै गाउँलेहरुले भने खोप लगाएनन् र केवल १४ जना गाउँलेहरुले मात्र खोप लगाए । जबकि गाउँमा करीब १५ सय मानिसहरु बसोबास गर्दछन् ।

भ्याक्सिनमा विष राखिएको हुन्छ भनेर आफुलाई कसैले बताएको हुनाले डरका कारण नदीमा हाम फालेको गाउँलेहरुले बताएका छन् । स्मरण रहोस् भारतमा अहिलेसम्म १९ करोड ६० लाख भन्दा धेरै मानिसले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment