+
+
Shares

आफू मातहतका अस्पतालमा अक्सिजन प्लान्ट राख्ने बागमती प्रदेश सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १३:०५
फाइल तस्वीर

११ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापनाको तयारी थालेको छ । एक साताको समय राखेर अक्सिजन प्लान्ट राख्न सरकारले टेण्डर आह्वान गरेसँगै अक्सिजन प्लान्ट राख्ने तयारी थालेको हो।

कोभिड महामारीलाई मध्यनजर राख्दै सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन मार्फत एक हप्ताको समय सीमा राखेर टेण्डर आह्वान गरेको छ ।

मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडौं टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

प्रदेश मातहतका अस्पतालहरुमा अक्सिजन अभाव नहोस भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ । अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा प्लान्ट निर्माण गर्ने निर्णय अनुसार प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानाएको छ ।

सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरि खरिद प्रक्रिया अघि बढाएको बताइन् ।

प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन रहेको र बाकी अस्पतालमा स्थापना गरेर अस्पतालहरुलाई सुबिधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको जानकारी दिइन् । मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एकएक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ ।

कोभिडको दोस्रो लहर बढेसङ्गै बागमती प्रदेश सरकारले ‘एक जिल्ला एक पीसीआर मेसिन’ राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइ सकेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?