+
+
Shares

महाभारत गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १३:३९

११ जेठ, काभ्रे । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ ।

पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् ।

‘कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ’, स्थानीयवासी होमेन्द्र रानामगरले भने, ‘हिजोका दिनमा कहाँ गएर परीक्षण गर्ने, कसरी गर्ने भन्ने चिन्ता थियो । स्वाब सङ्कलन गरे पनि नतिजा आउन तीन÷चार दिन लाग्ने गरेको थियो । अहिले भने आधा घण्टामा नै नतिजा थाहा पाउने अवस्था रहेकोले अब अस्पतालबाट हुने उपचारको अभावमा विरामीले मृत्युवरण गर्न नपर्लाकी भन्ने आशा जागेको छ ।’

सामुदायस्तरमा कोरोना फैलिएको हो कि भन्ने डर गाउँलेमा भएकाले उक्त डरलाई चिर्न कोरोना परीक्षण गर्नुपर्छ भन्ने माग गाउँको भएको उनले बताए ।

गाउँलेको अवस्थालाई मध्यनजर गरी काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका-८ घर्तिछापमा निकै कष्टका बाबजुद ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?