Comments Add Comment

युरोकपका लागि इंग्ल्याण्डको प्रारम्भिक टोली घोषणा

११ जेठ काठमाडौं । युरोकप २०२० का लागि इंग्ल्यान्डले प्रारम्भिक टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा ३३ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा ४ गोलकिपर, १२ डिफेण्डर ७ मिडफिल्डर र १० फरवार्ड छन् ।

युरोकपको १६ औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा आयोजना हुँदैछ । त्यसका लागि जुन १ सम्म २६ सदस्यीय अन्तिम टोलीको नाम घोषणा गरिसक्नुपर्नेछ । इंग्ल्याण्डले पनि अन्तिम टोली जुन ११ मा घोषणा गर्ने जनाएको छ ।

कोरोना महामारीका कारण यस पटक युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले एक टोलीमा २६ खेलाडी राख्न पाउने प्रावधान बनाएको हो ।

इंग्ल्याण्डका दुई क्लब म्यानचेष्टर सिटी र चेल्सीले च्याम्पियन्स लिग फाइनल र म्यानचेष्टर युनाइटेडले युरोपा लिग फाइनल खेल्न बाँकी रहेकोले साउथगेटले टिम घोषणामा ढिलाई गरेका हुन् ।

युरोकपमा इंग्ल्याण्ड समूह बी मा छ । यस समूहमा क्रोएसिया, स्कटल्याण्ड र तेक रिपब्लिक पनि छन् । इंग्ल्याण्डले जुन १३ मा क्रोएसियासंग वेम्बली मैदानमा पहिलो खेल खेल्नेछ ।

को को छन् इंगल्याण्डको ३३ सदस्यीय टोलीमा

गोलकिपर : जोर्डन पिकफोर्ड, डिन हेन्डरसन, साम जोनस्टन, आरोन राम्सडाले

डिफेण्डर : केल वाल्कर, जोन स्टोन्स, ह्यारी मगुएरे, किएरन ट्रिपिएर, बेन चिलवाल, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, लुक शा, ट्राओन मिङ्ग्स, रिस जेम्स, कोनोर कोएडी, बेन गोडफ्रे, बेन ह्वाइट

मिडफिल्डर : जोर्डन हेन्डरसन, जेस लिनगार्ड, मासोन माउन्ट, डेक्लान राइस, काल्भिन फिलिप्स, जेम्स वार्ड प्रोवस, जुड बेलिङगहम

फरवार्ड : रहिम स्टरलिङ, ह्यारी केन, ज्याक ग्रगेलिस, बुकायो साका, फिल फोडेन, मार्कुस रासफोर्ड, जाडोन सान्चो, डोमिनिक काल्भार्ट लेविन, मासोन ग्रिनउड, ओली वाट्किन्स ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment