Comments Add Comment

कतार उड्यो नेपाली फुटबल टोली, उतैबाट कुवेत जाने

१२ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर/एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ ।

२३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत प्रस्थान गरेको हो ।

नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

नेपाली टोली यस पटक सुटेड बुटेड भएर गएका छन् । यसअघि अखिल नेपाल फुटबल संघले टोलीलाई ट्रयाकसुट लगाएर पठाउने गरेको थियो । धेरै समयपछि खेलाडीहरुले कोट लगाएर गएका हुन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर टोलीलाई बिदाई गरेको थियो । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाल पनि टोलीसँगै गएका छन् ।

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेको नेपाले यसअघि ५ खल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

को-को छन् नेपाली टिममा ?

गोलकिपर: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

अफिसियलहरु

मुख्य प्रशिक्षक : अबदुल्लाह अलमुताइरी

प्रशिक्षक : किरण श्रेष्ठ

गोलकिपिङ प्रशिक्षक : विकास मल्ल

फिजियो : आविष्कार पुडासैनी

अन्य अफिसियलहरु

मधुसुदन उपाध्याय

रमेश कुमार सिलवाल

शिक्षित पराजुली

शिरिष राजभण्डारी

विकास गुरुङ

सैलेन्द्र अधिकारी

हिम विक्रम केसी

कृष्ण भक्त मानन्धर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment