Comments Add Comment

११ वर्षपछि इन्टरलाई सिरी ए उपाधि जिताएका प्रशिक्षक कोन्टेले छाडे

१३ जेठ, काठमाडौं । इटालियन क्लब इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेका छन् । ११ वर्षपछि इन्टरला २ सिरी ए को उपाधि जिताएका उनले त्यसको तीन सातापछि क्लब छाडेका हुन् ।

५१ वर्षीय कोन्टेले इन्टरमा प्रशिक्षकका रुपमा दुई वर्ष बिताए । उनको सम्झौताको अन्तिम वर्ष बाँकी रहेको बेला आपसी समझदारीमा उनले इन्टर छाडेका हुन् ।

इन्टरले बुधबार स्टेटमेन्ट जारी गर्दै आपसी समझदारीमा कोन्टेको सम्झौता टुङ्गयाएको र कोन्टेलाई राम्रो काम गरेकोमा आभार व्यक्त गरेको छ ।

प्रिमियर लिग क्लब चेल्सीबाट बर्खास्तमा परेपछि कोन्टे इन्टरको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment