+
+
Shares

इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा चलाउँदै क्ल्याम्पहुक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १९:५३

१३ जेठ, काठमाडौं । क्ल्याम्पहुक एकेडेमीले इन्जिनियरिङको प्रवेश परीक्षाका तयारी कक्षा अनलाइन माध्यमबाट न्युनतम शुल्कबाटै सञ्चालन गर्ने तयारी गरेको छ ।

बिगतमा इन्जिनियरिङको प्रवेश परीक्षाका विषयमा समयमै सहि जानकारी नपाएर धेरै क्षमतावान विद्यार्थीको शैक्षिक वर्ष गुमाउनु पर्ने अवस्था देखेर अघिल्लो वर्ष क्ल्याम्पहुक एकेडेमीको स्थापना गरेको संस्थापक इन्जिनियर बिक्की छन्त्याल बताउँछन् ।

‘अधिकांश विद्यार्थी १२ कक्षाको परीक्षा दिएर स्नातक तह अध्ययनका लागि विभिन्न प्रवेश परीक्षाहरूको तयारी गर्न तत्काल काठमाडौं आउनुपर्ने बाध्यता थियो, त्यो अब हटेको छ’ छन्त्याल भन्छन् ‘यसले बिद्यार्थीको काठमाडौं बस्दा खादा लाग्ने खर्च समेत जोगिएको छ ।’

प्रवेश परीक्षा कक्षालाई नै लक्षित गरेर प्रभावकारी र सर्बसुलभ अनलाइन कक्षा चलाउने तयारी गरिएको छन्त्यालले बताए । क्ल्याम्पहुक स्थापनाकोे प्रमुख उद्देश्य नै यही भएकाले सोही ‘स्प्रीट’ अनुसारनै संस्थाले काम गर्नेछ ।

इन्जिनियरिङ अध्ययन संस्थान -आईओई) पुल्चोक क्याम्पसबाट पासआउट भएका इन्जिनियरको टिमले गतवर्ष भएको लकडाउन कै बीचमा क्ल्याम्पहुक एकेडेमी स्थापना गरेको थियो ।

क्ल्याम्पहुक एकेडेमीले निषेधाज्ञा बीच इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) अन्तर्गत हुने ब्याचलर्स तहको बीई/बीआर्क प्रवेश परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ् चालन गर्नेछ । अघिल्लो वर्ष अनलाइनकक्षा संचालन गरिसकेको क्ल्याम्पहुकले निषेधाज्ञाका कारण घरमै रहेका विद्यार्थीको समय फलदायीहोस् भनेर यो पटक १२ को अन्तिम परीक्षा अगाबै अनलाइन कक्षा संचालन गर्ने जनाएको छ ।

विद्यार्थीलाई आर्थिक भार नपर्ने गरी सर्बसुलभ होस् भनेर क्ल्याम्पहुकबाट उपलब्ध हुने सबै सुबिधा सहित फुल कोर्सको ६ हजार रुपैयाँमा त्रतोकिएको क्ल्याम्पहुकले जनाएको छ ।

‘क्ल्याम्पहुकमा कक्षा लिने सबै शिक्षकहरु पुल्चोकबाटै ‘ग्रयाजुयट’ इन्जिनियर र पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन गर्दै गरेर अघिल्लो वर्षका आईओई टपर हुनुहुन्छ’ छन्त्यालले भने ‘आइओइ प्रवेश परीक्षा तयारीका लागि विद्यार्थीले ध्यान दिनु पर्ने ‘माइक्रो लेभल’का कुराहरू पनि क्ल्याम्पहुकले सिकाउँछ ।’

कक्षाहरू लाइभ अनलाइनसँगै रेकर्डेड क्लास पनि उपलब्ध गराइने छन्त्यालले बताए । विद्यार्थीलाई गणित, फिजिक्स, केमेस्ट्री तथा अंग्रेजी विषयको आइओइ प्रवेश परीक्षाको पाठ्यक्रममा आधारित डिजिटल नोटको व्यवस्था समेत गरिएको छ ।

विगतका वर्षदेखि आइओइ इन्ट्रान्समा आएको प्रश्नहरूको आधारमा तयार पारिएको मोडल प्रश्नपत्रका सेटहरू विद्यार्थीलाई अभ्यास गर्न दिइने छ ।

क्ल्याम्पहुकमा अध्ययन गर्ने विद्यार्थीलाई हरेक शनिवार ‘विक्ली मक टेस्ट’ को व्यवस्था गरिएको छ । त्यस्तै २४ घण्टा विद्यार्थीहरुले प्रश्नहरू सोध्नका ‘डिस्कस्ड प्लयाटफर्म’ उपलब्ध गराइने छ ।

प्रवेश परीक्षामा ‘मल्टिपल च्वाइस कोइसन’ सोधिने र त्यस्ता खालका प्रश्नहरुमा अभ्यास आवश्यक पर्ने हुँदा अधिकांश विद्यार्थीहरुले प्रवेश परीक्षा तयारी कक्षा लिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?