+
+
Shares

गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्न आग्रह

रासस रासस
२०७८ जेठ १४ गते ११:३६

१४ जेठ, विराटनगर । गणतन्त्र दिवस २०७८ जेठ १४ गते देखि १६ गतेसम्म तीन दिन भव्यताका साथ मनाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने तथा जिल्लावासी आमनागरिक घरघरमा साँझ दीपावली गर्न, गणतन्त्र दिवसका सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय पालिकामा मनाउन आग्रह गरे ।

उनले सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाबाट आयोजना तथा सञ्चालन हुने रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक तथा जनचेतनामूलक कार्यक्रममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने, गराउने, जिल्लाभित्रका धार्मिक, सांस्कृतिक सम्पदाको सरसफाइसहित सौन्दर्यीकरणमा अभिवृद्धि गर्न आग्रह गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?