+
+
Shares

स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन ल्याऊ : चिकित्सक संघ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १५:१०

१४ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ ।

कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ ।

‘भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई मन्त्रिपरिषदको निर्णयअनुसार कडा भन्दा कडा कारवाही गरी देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कामबाट बिमुख हुने बाध्यात्मक परिस्थितिको सिर्जना नगर्न समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं’ महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको दिनलाई कालो दिन घोषणा गर्दै शुक्रबार कालोपट्टी बाँधेर काम गर्ने चिकित्सक संघले जनाएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमणजस्तो आपराधिक घटनामा संलग्नलाई कडा कारबाही गर्ने कानुन ल्याउन पनि चिकित्सक संघले माग गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?