Comments Add Comment

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याऊ : माानव अधिकार आयोग

१४ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबारु नै भेरी अस्पतालको स्थलगत अनुगमन पनि गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै महामारीको संकटपूर्ण अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment