Comments Add Comment

गोरखामा जेठ २५ सम्म निषेधाज्ञा थप

१४ जेठ, गोरखा । गोरखामा निषेधाज्ञाको अवधि दश दिन थपेर जेठ २५ गतेसम्म पुर्‍याइएको छ ।

शुक्रबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरिएको छ ।

यसअघिको निषेधाज्ञामा निर्माण सामग्री बोकेका सवारी साधन रातिको समयमा मात्र चल्न पाउने व्यवस्था गरिएको थियो । अब भने दिउँसो चल्न पाउने बनाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

सवारीमा चालक र सहचालक गरी दुई जना मात्र बस्न पाउने उनले जानकारी दिए । त्यस्तै बैठकले खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य पसलहरु, निर्माण सामग्री वितरण गर्ने पसलहरु र वर्कसप बिहान ५ देखि ९ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।

दर्तावाला व्यवसायीले मात्र बाहिरी जिल्लाबाट तरकारी र फलफुल ढुवानी गर्न पाउने छन् । एन्टिजेन तथा पीसीआर परीक्षणको दायरा बढाउन सबै स्थानीय तहलाई अनुरोध गरिएको पौडेलले बताए । कोभिड–१९ को संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment