Comments Add Comment

पीजीको परीक्षा सार्न गगन थापाको सुझाव

फाइल तस्वीर

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने पोस्ट ग्र्याजुएट (पीजी)को परीक्षाको मिति सार्न अनुरोध गरेका छन् ।

नेता थापाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग शुक्रबार भेट गरी कोरोना महामारीको समयमा परीक्षा सञ्चालन गर्ने वातावरण नभएको भन्दै परीक्षाको तयारीमा रहेका चिकित्सकहरुलाई अलमलमा पार्न नहुने सुझाव दिएका हुन् ।

‘यही असारमा ‘पीजी’को परीक्षा हुन्छ भन्ने ठानेर ५ हजारभन्दा बढी चिकित्सक जनशक्ति परीक्षाको तयारी गरेर बसिरहेका छन् । तह अहिले परीक्षा सम्भव छैन । विद्यार्थी अलमलमा छन् । यस सन्दर्भमा छिटो निर्णय गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई भेटेर अनुरोध गरेको छु’ नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

आयोगका उपाध्यक्षसँगको भेटमा आफूले अबको ४÷५ महिना परीक्षा हुन सक्ने वातावरण नरहेको बारे अवगत गरेको नेता थापाले बताएका छन् ।

उनले लेखेका छन्, ‘परीक्षा मिति तोक्दा कम्तीमा ४५ दिनको तयारी समय राखेर तोकिनेछ भनेर निर्णय गरिदिनुस् । यसले अहिले तयारीका लागि बसेका हजारौं चिकित्सक ढुक्कसँग महामारीको काममा लाग्न सजिलो हुन्छ ।’ आफ्नो सुझाव प्रति आयोगका उपाध्यक्ष सकारात्मक रहेको र उनले यो निर्णय केही दिभित्र आउने प्रतिवद्धता जनाएको नेता थापाको भनाइ छ ।

‘प्रधानमन्त्री ज्यू, आयोगको यो निर्णयसँगै चिकित्सा शिक्षा नियमावलीमा महामारीमा तोकिएको काम गरेकाहरुलाई पीजीमा आवेदन दिँदा निश्तित अंक थप पाउने नियम थपिदिनुस् । सरकारको यो एउटा निर्णयबाट अहिले महामारीको लडाइँमा जनशक्तिको अभावलाई केही कम गर्न ठूलो मद्धत पुग्नेछ’ नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment