Comments Add Comment

वामदेवले सम्झिए गणतन्त्रको विपक्षमा उभिने नेता

१५ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरु सम्झिएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान समेत गरेका छन् ।

गौतमले गणतन्त्र ल्याउन योगदान दिने नेताहरुको नाम समेत उल्लेख गरेका छन् । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र स्थापनाका महानायकको संज्ञा दिएका छन् ।

गौतमले लेखेका छन्, ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याइपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । उहाँहरु मध्ये गिरिजाप्रसाद कोइराला हामी बीच हुनुहुन्न । अरु दुई जना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’

गौतमले त्यसबेला गणतन्त्रको विपक्षमा उभिने एमालेकै नेताहरु समेत सम्झिएका छन् । ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ’, गौतमले लेखेका छन् ।

एमालेले गणतन्त्रको पक्षमा निर्णय गर्दा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली विपक्षमा उभिएको भनेर आलोचना हुने गरेको छ । गौतमले पनि गणतन्त्र दिवसकै दिन त्यो घटना सम्झिएका छन् ।

गणतन्त्र विपक्षमा उभिएकाहरुको नाम भने गौतमले उल्लेख गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment