Comments Add Comment

युवा तथा खेलकुदको बजेट २ अर्ब ७४ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकुदतर्फको बजेट ३८ करोड बजेट वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ खर्ब ३६ करोड छुट्याइएको थियो ।

यस पटक पनि भौतिक पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र प्रशिक्षणदेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको छ ।

खेलकुदतर्फको कार्यक्रम ९ बुँदामा

  • समुदायस्तरदेखि नै खेलकुदको विकास र विस्तार गरी शारीरिक र मानसिक रुपमा स्वस्थ, सक्षम र अनुशासित नागरिक तयारी गरी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सम्मान अधिवृद्धि गर्न खेलकुद पूर्वाधार विकास, खेलकुद प्रतियोगिता आयोजना, खेलकुद प्रशिक्षण सञ्चालन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने व्यवस्था
  • झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण सुरु गर्ने
  • मोरङको वैद्यनाथपुर, काठमाडौंको मूलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालग्नज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक रकम विनियोजन, आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने
  • सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था गर्ने
  • धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, वीरगन्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण अघि बढाइने । सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने । आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानिय तहमा खेलग्राह निर्माण गर्न रकम छुट्टयाएको
  • सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाई अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था गरेको
  • आगामी आर्थिक वर्ष नवौं राष्ट्रिय खेलकुद आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्न सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिनेछ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिनेछ ।
  • नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने
  • युवा तथा खेलकुद मन्त्रालयको लागि २ अर्ब ७४ करोडको बजेट विनियोजन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment