+
+
Shares

बजेटले बढायो सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते २२:३६

१५ जेठ, काठमाडौं । सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिए ।

अहिले सबै लगानीकर्ताहरुलाई सेयर बिक्री पछि नाफाको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था रहेको छ । दीर्घकालिन लगानीकर्ताहरुका लागि विद्यमान व्यवस्था यथावत राखिएको छ भने अल्पकालिन (सर्ट ट्रम) लगानीकर्ताहरुका लागि साढे दुई प्रतिशत बढाएर ७ दशमलव ५ प्रतिशत बनाइएको छ ।

अर्थात ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएकोमा अब छोटो समयका लागि लगानी गर्ने सेयर लगानीकर्ताहरुले ७.५ प्रतिशत तिर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?