+
+

देउवा निवासमा विपक्षी नेताहरुको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते ११:४४

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरुको बैठक जारी छ ।

सरकारविरुद्धको रणनीतिबारे छलफल गर्न नेताहरु भेला भएको देउवा निकट स्रोतले बतायो ।

बैठकमा कांग्रेसको तर्फबाट देउवा र रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?