+
+
Shares

कुन विद्युतीय उपकरणमा कति घट्यो भन्सार महसुल ?

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते १५:५६

१६ जेठ, काठमाडौं । सरकारले विभिन्न घरायसी विद्युतीय उपकरणको भन्सार दर घटाएको छ । विद्युत खपत बढाउन भन्दै सरकारले विदेशबाट आयात हुने विद्युतीय उपकरणमा अन्तःशुल्क खारेज गरेको छ र भन्सार महसुलमा पनि छुट दिएको छ ।

यसले विदेशबाट आयात भई यहाँ बिक्री हुने विद्युतीय उपकरणकको मूल्य घट्नेछ । वासिङ मेसिन र भाँडा माझ्ने मेसिनमा यसअघि ५ प्रतिशत अन्तःशुल्क र ३० प्रतिशत भन्सार महसुल थियो । अहिले अन्तःशुल्क खारेज गर्दै सरकारले भन्सार दर २० प्रतिशतमा झारेको छ ।

रेफ्रिजेरेटर र फ्रिजको पनि अन्तःशुल्क २० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरिएको छ ।

सरकारले राइस कुकर, विद्युतीय केट्ली, जगजस्ता पानी तताउने भाडा र किरा मार्ने ट्रयापको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । टोस्टर, इलेक्ट्रोथर्मिक कफी र चिया बनाउने मेसिन, माइक्रोवेब ओभन, हेयर ड्रायरसहित हेयर ड्रेसिङ उपकरणहरु, कोठा तताउने हिटर, इमर्सन हिटर, स्टोरेज हिटिङ रेडियटर र पानी तताउने हिटरको भन्सार दर पनि १५ प्रतिशतबाट झारेर १० प्रतिशत कायम गरेको छ ।

आइरन, हात सुकाउने उपकरण, फुड ग्रान्डर र मिक्चर्सको भन्सार दर पनि १० प्रतिशतमा झारिएको छ । इन्डक्सन र इन्फ्रारेड चुल्होको भन्सार दर ५ बाट १ प्रतिशमा झारिएको छ ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले बिजुलीको खपत आन्तरिक रुपमै बढाउन विद्युतीय उपकरणको भन्सार महसुल दरमा परिवर्तन गरिएको बताए । ‘यसले अन्ततः आयात प्रतिस्थापनमा सघाउँछ,’ उनी भन्छन् ।

राजस्व सचिव रामशरण पुडासैनीले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने उद्देश्य राखेर विभिन्न मालवस्तुमा करको दर हेरफेर गरिएको बताए । ‘अर्थतन्त्रलाई लाभ हुने गरी नै करका दरहरु सामान्य समायोजन गरिएको हो, नयाँ कर लगाइएको छैन,’ उनले भने,‘अध्यादेश कानुन भएकाले कानुनबमोजिम कर लगाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?