+

राखेप पूर्व सदस्य-सचिव विष्टको प्रश्न : यति  बजेटले कति खेलकुद प्रतियोगिता गर्ने ?

२०७८ जेठ  १६ गते १८:३८ २०७८ जेठ १६ गते १८:३८
राखेप पूर्व सदस्य-सचिव विष्टको प्रश्न : यति  बजेटले कति खेलकुद प्रतियोगिता गर्ने ?

१६ जेठ, काठमाडौं । सरकारले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा युवा तथा खेलकुदतर्फ २ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेट चालु आर्थिक वर्षको भन्दा ३८ करोड रुपैयाँले बढी हो । बजेटमा निवृत्त भएका खेलाडीलाई सहुलियत दरमा कर्जा दिने र खेल विद्यालय स्थापना गर्ने जस्ता नयाँ कार्यक्रम पनि समावेश छ भने धेरै कार्यक्रम पुरानै छ ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य-सचिव केशवकुमार विष्टले खेलकुदका लागि विनियोजन भएको बजेट कम भएको बताए । ‘युवातर्फ १ अर्व जति होला त्यो घटाउँदा १ अर्ब ७४ करोड जति खेलकुद मन्त्रालय अन्तर्गत रहला त्यसमा पनि मन्त्रालय आफैंले तालिम प्रशिक्षण गोष्ठी सेमिनार कार्यकम भत्ता भ्रमण शीर्षकमा ठूलै वजेट राख्ने गर्छ’ उनले भने ‘अब बाँकी रहेको बजेट राष्ट्रिय खेलकुद परिषद्ले आफैं कार्यान्वयन गर्ने हो । यो बजेटको झन्डै १ अर्ब त कर्मचारी तलब सेवा सुविधा भत्ता साधारणतर्फ खर्च हुन्छ ।’

यति रकमले कति खेलकुद प्रतियोगिता हुने ? खेलाडी प्रशिक्षण कस्तो गर्ने? खेलकुद विकास र पूर्वाधार निर्माणमा कति लगानी गर्ने ? खेलाडी र पूर्व खेलाडीको संरक्षण कसरी गर्ने? खेलकर्मीलाई प्रोत्साहन र पुरस्कारको व्यवस्था कसरी गर्ने? नयाँ खेल प्रतिभाहरुको खोजी र क्षमता अभिवृद्धि कसरी गराउने ? जस्ता प्रश्न उठेको विष्टले बताए ।

खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय