+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वीरगञ्ज महानगरले सञ्चालन गरेको कोरोना अस्पतालको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते १९:३०

१६ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल र आइसोलेसन सेन्टरको आइतबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति पर्साको टोलीले महानगरले गोपाल मण्डली धर्मशालामा सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल र आइसोलेसन सेन्टरको अनुगमन गरेको हो ।

शुक्रबार बसेको जिल्ला समन्वय समिति सभापति, वीरगञ्ज महानगरपालिका सहित ६ वटा पालिका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख लगायतका सरोकारवालाको बैठकले स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन सेन्टरहरुको अवलोकन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आइतबार महानगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल र आइसोलेसन सेन्टरको अनुगमन गरिएको समन्वय समितिका सभापति नेक महम्मद अन्सारीले जानकारी दिए । अनुगमनका क्रममा अस्पतालमा संक्रमितको संख्या घट्दै गएको पाइएको उनले बताए ।

‘अस्पतालबाट संक्रमित निको भएर घर फर्कने क्रम बढेको रहेछ, ११ जना संक्रमित मात्रै अस्थायी कोरोना अस्पतालमा छन्,’ उनले भने, ‘अस्पतालका सम्बन्धमा केही गुनासो छ ? भनेर सोध्यौं, गुनासो केही छैन, अब निको भएर घर जान पाए हुन्थ्यो भनेर भन्नुभयो ।’

जिल्ला समन्वय समितिले पर्साका अन्य पालिकाले सञ्चालन गरेका आइसोलेसन सेन्टरहरुको पनि अनुगमन गर्ने उनले जानकारी दिए ।

वैशाख २४ गतेदेखि वीरगञ्ज महानगरपालिकाले १ सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल र १ सय बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?