Comments Add Comment

२२ वटा हल बन्द भैसके, ३०–४० वटा हल बन्द हुने अवस्थामा छन्ः अशोक शर्मा

चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले कोभिडका कारण लकडाउन र निषेधाज्ञा हुँदा २२ वटा चलचित्रहरु बन्द भएको उल्लेख गरेका छन् । उनले, अझै ३० देखि ४० वटा हलहरु बन्द हुने अवस्थामा रहेको जनाउँदै खर्बौ रकम जोखिममा रहेको बताएका छन् ।

सरकारले सार्वजनिक गरेको बजेटमा असन्तुष्टी जनाउँदै बुँदागत रुपमा टिप्पणी गरेका अशोकले सामाजिक संजालमा स्टाटस लेख्दै चलचित्र क्षेत्रको अवस्था सरकारले ध्यान नदिने हो भने अन्धकारमा जाने बताएका हुन् ।

यो पनि पढ्नुहोस अशोक शर्माको प्रश्न–‘बजेटले गरेको व्यवस्थाले फिल्म क्षेत्रलाई कसरी फाइदा भयो ?’

उनले लेखेका छन्–‘करिब ४० वटा चलचित्रहरु निर्माण सम्पन्न भई प्रदर्शनका लागि तयार भएको २ बर्ष भैसक्यो । सुटिङदेखि रिलिजसम्म एउटा चलचित्रको लगानी औषतमा २ करोड हुन्छ । यसले एक अर्ब लगानी जोखिममा रहेको छ । यस्तै, चलचित्र नबनेपछि कलाकार, प्राविधिक, लेखक, संगीतकार, गायक, गायिका र अन्य सबै बेरोजगार भएको त्यतनी नै समय भैसकेको छ । बनिसकेका चलचित्र र कोभिड अघि बन्न तयार भएका चलचित्रहरुमा वितरकले अग्रिम भुक्तानी वापत लगानी गरेको करोडौ रकम जोखिममा छ ।’

अशोकले कोभिडको समयमा पटक–पटक मन्त्री लगायत सरकारका प्रतिनिधीलाई भेटेर दिएको सुझावको हविगत यही नै हो भनेर प्रश्न सोधेका छन् । उनले, सरकारको यही ताल रहने हो भने चलचित्र क्षेत्रको भविष्य अन्धकार रहेको उल्लेख गर्दै यो क्षेत्र कहिले नउठ्ने गरी थला पर्ने निश्चित रहेको बताएका छन् ।

उनले, बजेट फेरबदल गर्ने समय अझै पनि रहेको भन्दै समग्र चलचित्र क्षेत्रलाई पुनः स्थापित गर्न एक आर्थिक प्याकेजको व्यवस्था बजेटमा हुनुपर्ने माग गरेका छन् ।

यस्तै, उनले ५ देखि १० बर्षे नीतिगत योजना चलचित्र क्षेत्रका विज्ञ तथा अग्रहरुसँग छलफल गरी बजेटमा राख्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment