+
+

राष्ट्रपतिले खोप माग्दै पत्राचार गर्नु संविधानको उल्लंघन : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १६:०४

१७ जेठ, काठमाडौं । पूर्वमन्त्री भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप माग गर्दै विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् ।

नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गर्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् ।

सोमबार अपरान्ह ट्वीटरमा उनले प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भनी प्रश्न उठाएका छन् ।

केही दिनयता राष्ट्रपति भण्डारीले खोप उत्पादक विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई खोप सहजीकरणको आग्रह गर्दै पत्राचार गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?