Comments Add Comment

गुल्मीमा निषेधाज्ञा उल्लंघन गर्ने ६० सवारी साधन नियन्त्रणमा 

१८ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन गरी चलाइएका ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेकजाँचमा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकामध्ये ५५ वटा मोटरसाइकल र ५ वटा ठूला सवारी रहेका छन् ।

निषेधाज्ञा उल्लंघन गरी सवारी साधन चलाउनेहरुमाथि गरिएको कारबाहीबाट ५ हजार ५ सय राजस्व संकलन भएको आचार्यले बताए । तम्घास बजारमा निषेधाज्ञा उल्लङ्घन गरी सवारी अत्याधिक मात्रामा चल्न थालेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी प्रमुख डीएसपी अशोक लम्सालसहितको टोली नै चेकजाँचमा खटिएका थिए ।

नियन्त्रणमा लिएका सवारीलाई कानून बमोजिमको कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ । जिल्लामा जेठ २४ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment