
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमा नबस्न गरेको आग्रह अस्वीकार गरेका छन् ।
मंगलबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनीहरुले आफूहरु इजलासबाट अलग नहुने बताएका हुन् ।
मंगलबार नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका थिए ।
प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु केसी र श्रेष्ठले यसअघि नेकपाको आधिकारिकतासम्बन्धी मुद्दा सुनुवाइ गरेकाले अहिले त्यसैसँग जोडिएको विघटनको मुद्दा हेर्न नमिल्ने माग गर्दै आएका थिए ।
हेर्नुहोस् न्यायाधीश केसी र श्रेष्ठको राय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4