Comments Add Comment
फुटबल :

चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग नेपालको विगत

१८ जेठ, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली अहिले कुवेतमा छ ।

जहाँ समूह बी का बाँकी खेलहरु हुनेछ । कुवेतमा नेपालले पनि आफ्नो बाँकी रहेको ३ खेल खेल्नेछ ।

शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो । कुवेत र इराकको मौसम उस्तै भएकोले पनि नेपाललाई इराकमा खेल्दा केही फाइदा पुगेको छ ।

नेपालले अब जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । तीनवटै टिम फिफा वरीयतामा नेपालभन्दा माथि छ । अष्ट्रेलिया फिफा वरीयतामा ४१औं स्थानमा छ भने एसियाली राष्ट्रमध्ये चौथो स्थानमा रहेको टिम हो ।

नेपालले यसअघि अवे लेगको खेल तीनवटै टिमसँग खेलिसकेको छ । खासमा यी सबै खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर कोरोना महामारीले गर्दा त्यो अवसर गुम्यो र एएफसीले समूह बी को बाँकी खेल कुवेतमा गर्ने निर्णय गरेको हो ।

यस्तो छ तीन टिमसँग नेपालको हेड टु हेड

नेपालले यी तीन टिममध्ये जोर्डनसँग ३ खेल खेलेको छ । यस्तै चाइनिज ताइपेईसँग २ र अष्ट्रेलियासँग १ खेल खेलेको छ । जोर्डनसँग नेपालले यसअघि २०१४ को विश्वकपका लागि दुई लेगको छनोट खेलेको थियो भने एक खेल यही जारी छनोटमै थियो ।

अष्ट्रेलिया र चाइनिज ताइपेईसँग पनि नेपालले छनोटमै खेलेको हो । चाइनिज ताइपेईसँग एक खेल भने मैत्रीपूर्ण खेल थियो ।

चाइनिज ताइपेईसँग हेड टु हेड

– खेल : २

– नेपाल जित : १

– बराबरी : १

– मैत्रीपूर्ण खेल २०१९ जुन : १–१ को बराबरी

– विश्वकप छनोट २०१९ सेप्टेम्बर : नेपाल २–० ले विजयी

– गोलकर्ता, अन्जन विष्ट : २, अभिषेक रिजाल : १

जोर्डनसँग हेड टु हेड

– खेल : ३

– जोर्डन जित : २

– नेपाल जित : ०

– बराबरी : १

– विश्वकप छनोट २०११ जुलाई : नेपाल ९–० ले पराजित

– विश्वकप छनोट २०११ जुलाई : १–१ को बराबरी

– विश्वकप छनोट २०१९ अक्टोबर : नेपाल ३–० ले पराजित

– गोलकर्ता : भरत खवास

अष्ट्रेलियासँग हेड टु हेड

– खेल : १

– अष्ट्रेलिया जित : १

– नेपाल जित : ०

– विश्वकप छनोट २०१९ अक्टोबर : नेपाल ५–० ले पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment