Comments Add Comment

७० वटा बाघ मारेको आरोपमा बंगलादेशमा एकजना पक्राउ

१८ जेठ, काठमाडौं । बंगलादेशको प्रहरीले ७० वटा बाघ मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पछिल्लो २० वर्षभन्दा लामो समयदेखि उनले अनधिकृतरुपमा लोपोन्मुख जनावरको सूचीमा रहेको बाघको शिकार गर्दै आएको प्रहरीले बताएको छ ।

बंगलादेशको दक्षिण बगरहाट जिल्लाका स्थानीय प्रहरी प्रमुख साइदुर रहमानका अनुसार टाइगर हबिब उपनामले चिनिने हाबिब तालुकदेर गत शनिबार पक्राउ परेका हुन् । उनी बंगलादेशको घना जंगल सुन्दरवन म्यानग्रोभ जंगल नजिकै बस्दै आएका थिए ।

भारत–बंगलादेशको सीमामा पर्ने म्यानग्रोभ जंगल विश्वको सबैभन्दा धेरै ‘बंगाली टाइगर’ पाइने क्षेत्र हो । अधिकारीहरुले अनुगमन गर्दा तालुकदेर उक्त क्षेत्रबाट भाग्ने गर्थे ।

५० वर्षीय आरोपीलाई अहिले अदालतमा चलिरहेको मुद्दाको सिलसिलामा थुनामा पठाइएको छ । बंगलादेशमा अवैध शिकारपछि बाघको छाला, हड्डी र मासु चीन तथा अन्य मुलुकमा तस्करी हुने गरेको छ ।

बंगलादेशको वन विभागले सन् २०१९ मा गरेको एक अध्ययनमा यूनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत भएको सुन्दरवन क्षेत्रमा ११४ बंगाली टाइगर रहेको पाइएको थियो । सन् २००४ मा गरिएको सर्वेक्षणमा यो संख्या ४४० थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment