Comments Add Comment

युरोकपको लागि इटलीको टिम घोषणा

१९ जेठ, काठमाडौं । यही जुन ११ देखि सुरु हुने युरोकप २०२० का लागि इटलीको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक रोवर्टो मान्सिनीले मंगलबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

जसमा उनले ससुलोका २१ वर्षीय गिएकमो रास्पाडोरीलाई आश्चर्यजनकरुपमा समावेश गरेका छन् ।

यसअघि प्रारम्भिक चरणमा छानिएका ३३ जनाबाट मान्सिलीले २८ जना छानेका थिए । त्यसका रास्पाडोरी समावेश थिएनन् । तर अन्तिम टोली घोषणा गर्दा यी अनक्याप्ड युवा फरवार्ड टिममा अटाए भने जियनलुका मान्सिनी, माटेओ पेसिना, माटेओ पोलिटानो अन्तिम टोलीमा पर्न सकेनन् ।

युरोकपमा लागि जुन १ सम्म सहभागी टोलीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसक्नुपर्ने प्रावधान अनुसार इटलीले पनि अन्तिम टोली घोषणा गरेको हो ।

समूह ए मा रहेको इटलीले उद्घाटन खेलमै रोममा टर्कीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि इटलीले जुन ४ मा चेक रिपब्लिकसँग अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ । मे २८ मा भएको मैत्रीपूर्ण खेलमा इटलीले सानमारिनोलाई ७-० ले पराजित गरेको थियो ।

युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपको विभिन्न ११ देशमा आयोजना हुँदैछ ।

इटलीको २६ सदस्यीय टोली

गोलकिपर : जियानलुजी डोनारुम्बु, एलेक्स मेरेट, साल्भाटोरी सिरिगु

डिफेण्डर : फ्रानसेस्को असेर्ब, अलेसान्द्रो बास्तोनी, लियोनार्दो बोनुची, जर्जिओ किलिएनी, जिओभानी डि लरेन्जो, एमरसन, अलेसान्द्रो फ्लोरेन्जी, लियोनार्दो स्पिनाजोला, राफाएल टोलोई

मिडफिल्डर : निकोलो बरेला, ब्राएन क्रिस्टान्टे, जर्जिन्हो, मानुएल लोकाटेली, लरेन्जो पेलेग्रिनी, स्टेफानो सेन्सी, मार्को भेराट्टी

फरवार्ड : आन्द्रे बेलोट्टी, डोमेनिको बेरार्डी, फेडेरिको बर्नार्डेसी, फेडेरिको चिएसा, सिरो इम्मोबाइल, लरेन्जो इनसिग्ने, गिएकमो रास्पाडोरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment