+
+
Shares

विप्लव भन्छन्– पार्टीले मलाई २० हजार तलब दिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १२:४५

१९ जेठ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने गरेको बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् ।

तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’

सो कार्यक्रममा बोल्दै विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाएका छन् । ‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ उनले भनेका छन्, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’

विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?