
२० वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।
मृतकमध्ये सुर्खेतका चारजना, रुकुम पश्चिम र हुम्लाका एक/एकजना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर २९४ जनाको पीसीआर परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५८० जनाको एन्टिजेन परीक्षणमा १४५ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ५३० जना संक्रमित निको भएका छन् । योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५५२ पुगेको छ ।
प्रदेशमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९६६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4