+
+
Shares

सुदूरपश्चिममा थप चार संक्रमितको मृत्यु, ३२८ जनामा संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते १८:३०

२० जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीका २ जना, कञ्चनपुर र बझाङका १/१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभर हालसम्म कोरोना संक्रमणबाट ५१६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३२८ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट एक हजार ५५१ जनाको परीक्षण गर्दा १४५ र पीसीआर विधिबाट ७८२ जनाको परीक्षण गर्दा १८३ जना गरी ३२८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५७६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?