+
+

‘ओ माई गड’को सिक्वेलमा पारेश रावल नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २१ गते १२:१२

बलिउडमा निकै नै तारिफ कमाएको चलचित्र हो, ‘ओ माई गड’ । यो चलचित्रलाई दर्शक तथा समिक्षकले निकै रुचाएका थिए । चलचित्रको मुख्य भूमिकामा नायक अक्षय कुमार र कलाकार पारेश रावलले अभिनय गरेका थिए ।

अब, यो चलचित्रको सिक्वेल बन्ने भएको छ । यो चलचित्रको छायांकन यो बर्षको सेप्टेम्बरबाट सुरु हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा भने कलाकार पारेश रावलको अभिनय नरहने भएको छ ।

चलचित्रमा उनको ठाउँमा कलाकार पंकज त्रिपाठीले अभिनय गर्ने पक्का भएको छ । अक्षय कुमार र पंकज त्रिपाठीको यो चलचित्रलाई आउँदो बर्ष रिलिज गर्ने योजना यसको निर्माणपक्षले बनाएको छ ।

अक्षय र पंकजले चलचित्र ‘बच्चन पाण्डेमा पनि एकसाथ काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?