
२१ जेठ, काठमाडौं । नेपाललाई कोरोना खोप दिने निर्णय गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडनलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको बताएका छन् ।
अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ । नेपालले कति खोप पाउँछ भन्ने यकिन भने भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4