+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हुम्लामा शिक्षकद्वारा स्वास्थ्यकर्मी कुटिए

रासस रासस
२०७८ जेठ २१ गते १५:१४

२१ जेठ, सुर्खेत । कोरोना संक्रमित श्रीमतीको उपचारमा लाप्रवाही गरेको भन्दै हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मीमाथी हातपात गरेका छन् ।

चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेको हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले जानकारी दिए ।

‘शिक्षकले नै स्वास्थ्यकर्मीमाथी हातपात गरेको उजुरी हामीकहाँ आएको छ,’ डीएसपी शर्माले भने, ‘हाम्रो टिम घटना स्थलमा गैसकेको छ, महामारीमा खटिने स्वास्थ्यकर्मीमाथीको हातपात शैय हुँदैन् ।’ चंखेली पुग्न सदरमुकामबाट दुई दिन पैदल हिड्नुपर्छ ।

शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढामाथि हातपात गर्नुका साथै शरिरमा सेनिटाइजर छरेर आगो लगाउने प्रयास गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

‘सेनिटाइजर टाउकोमा खन्याएर आगो लगाउने प्रयास गरिएको थियो, स्थानीयहरू आएर बचाएछन्,’ प्रमुख सिंहले भने ।

उनका अनुसार शिक्षक रोकायले आज बिहान स्वास्थ्यकर्मी बुढाको कोठामै आएर आक्रमण गरेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?