
२१ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गतेका लागि बोलाइएको छ ।
प्रदेश सरकारको सिफसिरमा शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ २४ गते बजेट अधिवेशनको आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन जेठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुने जानकारी दिएको छ ।
बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो ।
असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4