Comments Add Comment

प्रधानमन्त्रीले सत्ताका लागि जे पनि गर्न सक्छु भन्ने मानसिकता देखाए : महत

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्तामा टिक्न जे पनि गर्ने मानसिकता देखिएको टिप्पणी गरेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रतिक्रिया दिंदै महतले महन्थ ठाकुर समूहले पनि अवसरवादी चरित्र देखाएको बताए । प्रधानमन्त्री ओली सत्ता लब्याउने मानसिकतामा रहेको र कोरोना महामारीलाई पनि अवसरका रुपमा प्रयोग गरेको उनले बताए ।

१७÷१६ जना सांसद भएको जसपालाई १० मन्त्री (८ मन्त्री र दुई राज्यमन्त्री) दिएको भन्दै कांग्रेस सहमहामन्त्री महतले भने, ‘सत्तामा म हुनुपर्छ, त्यसका लागि जे भन्न पनि सकिन्छ, जे गर्न पनि सकिन्छ भन्ने मानसिकता देखिएको छ ।’

जसपाको महन्थ ठाकुर पक्षका नेताहरुले पनि अवसरवादी चरित्र देखाउँदै आएको उनले बताए । ‘ओलीजीको सत्ताप्रति जुन आशक्ति छ, त्यसलाई उहाँहरुले प्रयोग गरिरहनु भएको छ,’ डा. महतले भने, ‘निर्वाचनको छेउछाउ पुगेपछि मधेश र मधेशी जनताको कुरा उठ्छ । त्यसपछि हराउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment