Comments Add Comment

राम्रो काम गर्न सत्तामा बस्नुपर्छ भन्ने छैनः सोनु सुद

केही दिन अगाडि बलिउड नायिका हुमा कुरेशीले बलिउड कलाकार सोनु सुदलाई भारतको प्रधानमन्त्री बन्नका लागि आग्रह गरेकी थिइन् । सोनु प्रधानमन्त्रीका रुपमा चुनावमा उठेको खण्डमा आफूले भोट हाल्ने हुमाको तर्क थियो ।

सोनुले हालै मात्र एक वेवसाइटसँगको कुराकानी गर्दै यो बिषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘यो अली धेरै नै भयो । यदि, हुमालाई यस्तो लाग्छ भने पक्कै पनि मैले केही राम्रो काम गरेको हुनुपर्छ । तर, म उनीसँग सहमत छैन । हामीसँग सक्षम प्रधानमन्त्री छन् ।’

उनले, आफ्नो काँधमा यो जिम्मेवारी उठाउनका लागि आफू निकै सानो भएको बताएका छन् । सोनुले राजीव गान्धी ४० बर्षमै प्रधानमन्त्री भएको स्मरण गर्र्दै आफूसँग राजनीतिको अनुभव कम भएको बताए । उनले, आफू र आफ्नो परिवार राजनीतिबाट निकै टाढा रहेको पनि बताएका छन् ।

सोनुले राम्रो काम गर्नका लागि सत्ता र पदको आवश्यकता नभएको पनि बताएका छन् । उनले भनेका छन्–‘मलाई काम गर्न मन पर्छ । म एक कलाकारको नाताले नै यो कुरामा रमाइरहेको छु । मलाई लाग्छ कि, हामी सत्तामा कुनै पद नपाएर पनि यी कामहरु गर्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment