+
+

कोरोना संक्रमण घटेसँगै भारतमा लकडाउन खुकुलो बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १७:५१
फाइल तस्वीर

२३ जेठ, काठमाडौं । भारतभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा कमी आएसँगै लकडाउन पनि खुकुलो बनाउन थालिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख १४ हजार संक्रमित थपिएका छन् । यो संख्या दुई महिनायताकै सबैभन्दा कम हो ।

भारतमा केही राज्यहरुले लकडाउन खुकुलो पार्ने तयारी गरेका छन् । दिल्लीले कोरोना संक्रमणमा कमी आएको भन्दै लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ । यस्तै कोरोनाबाट सबैभन्दा बढी प्रभावित देखिएको भारतीय राज्य महाराष्ट्रमा पनि संक्रमणमा कमी आएसँगै यसै सातादेखि लकडाउन केही खुकुलो बनाउने तयारी छ । महाराष्ट्रमा गत अप्रिल महिनामा कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै लकडाउन लगाइएको थियो ।

तमिलनाडुमा पनि सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारी गरिएको छ । त्यहाँ पनि कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । तर, तमिलनाडुमा हाल सबैभन्दा बढी नयाँ संक्रमित देखिइरहेका छन् । कोरोना संक्रमणमा कमी आएसँगै अन्य राज्यहरुले पनि लकडाउन खुकुलो पार्ने योजना ल्याएका छन् ।

यद्यपि विशेषज्ञहरुले भने यस वर्षको अन्तिममा भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । विशेषगरी अबको लहरमा बालबालिकाहरु धेरै प्रभावित हुन सक्ने उनीहरुको भनाइ छ । भारतले पछिल्लो केही सातायता मुलुकमा कोरोना खोप कार्यक्रमलाई पनि तीव्रता दिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?