Comments Add Comment

ललितपुरमा २५ र २६ गते चिनियाँ खोप लगाइँदै, केन्द्र पुरानै

२४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाले २५ र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको हो ।

महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको प्रवक्ता महर्जनले जानकारी दिए ।

प्रवक्ता महर्जनले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर २ मंगलबार र बुधबार खोप लगाउन सकिने जानकारी दिए ।

सरकारले यस पटक ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ खोपको पहिलो डोज लगाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment