Comments Add Comment

व्यक्तिको नाममा पुगेका सरकारी जग्गा फिर्ता ल्याउने काम सुरु भयो : तुम्बाहाङ्फे

२४ जेठ, काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गा सरकारको नाममा फिर्ता गर्ने कामको सुरुवात गरेकोे बताएकी छन् ।

सोमबार पत्रकारसँग कुरा गर्दै तुम्बाहाङ्फेले व्यक्तिले खराब मनसायका साथ आफ्नो नाममा लगेका सार्वजनिक जग्गा फिर्ता गर्ने काम आफ्नो कार्यकालमा प्रारम्भ गर्न सकेको बताएकी हुन् ।

‘सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौं । राजधानीको मुटुमा रहेको जग्गा सरकारको नाममा थियो । दुषित मनसायका साथ विभिन्न व्यक्तिले त्यो जग्गा हडपेका थिए । जग्गा बिक्री समेत गरिएको थियो,’ उनले भनिन्, ‘व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाहरुको हकमा केही केही जग्गाहरु सरकारको नाममा ल्याउने काम सकेका छौं । र, अझै पनि छानबिन हुँदैछ ।’

निवर्तमान मन्त्री तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा जग्गा नापजाँचका लागि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकालीसम्मको भूभागमा नापजाँच गरिसकेको समेत जानकारी दिइन् । मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डाटा प्रोसेसिङको काम सकेर त्यसको रिजेल्ट निस्किन सक्ने पनि उनले बताइन् ।

‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ । लाइडर प्रविधि, हाम्रो डाटा कलेक्सन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीं छाडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु,’ तुम्बाहाङ्फेले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment