Comments Add Comment

थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना संक्रमणमुक्त

२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७९०, सुनसरीमा २११, ललितपुरमा १९०, मोरङमा १७५, सिन्धुपाल्चोकमा १६२, काभ्रेपलाञ्चोकमा १३६, भक्तपुरमा १३५, चितवनमा १३१, कास्कीमा १३०, गोरखामा १२९, धनुषामा ११५ र सुर्खेतमा १०३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीमा ८०, रोल्पामा ७५, नुवाकोटमा ७१,पाल्पामा ७०, नवलपरासी पूर्वमा ५७, धादिङमा ५३, मकवानपुरमा ४४, दाङमा ४१, महोत्तरीमा ३९, कञ्चनपुरमा ३२, झापामा ३१, संखुवासभामा २७, तेह्रथुम र लमजुङमा २६/२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेखमा २३, कपिलवस्तुमा २१, स्याङ्जामा १९,सिन्धुलीमा १६, कैलाली र डोटीमा १५/१५ जना, धनकुटा र तनहुँमा १४/१४ जना, रौतहट र सप्तरीमा १३/१३ जना, जुम्लामा १२, उदयपुर,पर्सा र सिरहामा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै गुल्मीमा ९, अर्घाखाँची र नवलपरासीमा ८/८ जना, रसुवा र बर्दियामा ६/६ जना, बारा, पर्वत र प्‍युठानमा ५/५ जना, सल्यानमा ४, खोटाङ, पाँचथर, भोजपुर र बाँकेमा ३/३ जना, ताप्लेजुङ, सोलुखुम्बु र दोलखामा २/२ जना तथा ओखलढुंगा, म्‍याग्दी, जाजरकोट, मुगु र बैतडीमा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३०५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment